पूर्वनिर्वाचन आयुक्त पौडेलको निधन
२१ मंसिर, काठमाडौं । पूर्वनिर्वाचन आयुक्त रामचन्द्र शर्मा पौडेलको ८५ वर्षको उमेरमा निधन भएको छ । निमोनियाँबाट ४ महिनायता पीडित पौडेलको बिहीबार राति निधन भएको हो ।
पौडेल ०४७ को निर्वाचनमा गृहसचिव बनेका थिए । २०१५ को पहिलो प्रजातान्त्रिक निर्वाचनमा पश्चिम ३ नम्बरमा निर्वाचन अधिकृत भएका पौडेल २०५१ देखि ०५६ सम्म निर्वाचन आयुक्त रहेरै जागिरबाट अवकाश लिएका थिए ।
उनका अध्यात्म रामायण र भानुभक्तीय रामयणको तुलनात्मक शोधग्रन्थलगायत आधा दर्जन कृति प्रकाशित छन् । उनका पत्नी, ५ छोरा १ छोरी छन् ।

प्रकाशित मिति : December 7, 2019 at 9:06 am







