२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

भारतीय प्रधानमन्त्री मोदी सीधै जनकपुर अाउने, सुरक्षा तयारी बुझ्न गृहमन्त्री थापा जनकपुरमा

१८ वैशाख, काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले अाफ्नो तेस्रो नेपाल भ्रमण जनकपुरबाट सुरू गर्ने भएका छन । धार्मिक भ्रमणका लागि तेस्रो पटक नेपाल अाउन लागेका मोदीको सुरक्षा व्यवस्था लगायतकाे तयारी बुझ्न गृहमन्त्री रामबहादुर थापा बालल पनि धनुषाकाे जनकपुर पुगेका छन । माेदी भारतकाे पटनाबाट हेलिकप्टर मार्फत सीधै जनकपुर अाउने भारतीय दूतावास स्राेतले जनाएको छ । नेपालकाे सुरक्षामा कमजोरी देखिए मोदी काठमाडाैँ जाने पनि हुन सक्ने दूतावासका ती अधिकारीले बताएका छन ।

यसैबीच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुने नेपाल भ्रमण धार्मिक र सांस्कृतिक हुने बताएका छन ।  भारतीय प्रधानमन्त्री मोदीले पूजाअर्चना गर्ने जानकी मन्दिर र नागरिक अभिनन्दन गरिने बाह्र बिगाहाको स्थलगत निरीक्षणपछि मंगलबार धनुषामा अयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बादलले मोदीले जनकपुरधाम र मुक्तिनाथको भ्रमण गर्ने कार्यक्रम रहेको बताए ।

गृहमन्त्री बादलले भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाम भ्रमणका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली जनकपुरधाम आउने कार्यक्रम पनि रहेको बताए । उनले भारतीय प्रधानमन्त्री मोदीको यस पटकको नेपाल भ्रमणमा राजनीतिक सम्झौताको कुनै कार्यक्रम नरहेको स्पष्ट पारे । गृहमन्त्री बादलले एक प्रश्नको जवाफमा भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाको जिम्मा राष्ट्रको हो भन्दै उच्च सुरक्षाको व्यवस्था गरिएको छ भन्नुभयो । भारतीय प्रधानमन्त्री मोदीको धार्मिक भ्रमणले दुई देशको धार्मिक र सांस्कृतिक सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलवार ११:१३