१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

पुलिस रिपोर्टको फाराम अब अनलाइनबाटै

१९ मंसिर, काठमाडौं पुलिस रिपोर्ट लिन घण्टौं लाइन बस्नुपर्ने झन्झट अब भएको छ । अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले पुलिस रिपोर्ट बनाउन सक्नेछन् ।

प्रहरीले आफ्नो स्थापना दिवसका अवसर पारेर गत असोजबाटै यस्तो व्यवस्था आरम्भ गरे पनि गत आइतबारबाट भने सेवाग्राहीको सुविधालाई ध्यान दिँदै पूर्ण रूपमा यस्तो व्यवस्था लागू गरिएको खबर राजधानी दैनिकमा छ ।

डीआईजी एवं केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले पुलिस रिपोर्टका लागि धेरै दिन लगाएर सेवाग्राही प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गरिएको बताए । उनले दैनिक हजार  सेवाग्राहीले अनलाइन प्रणालीबाट पुलिस रिपोर्टका लागि आवेदन दिने गरेको जानकारी पनि दिए । उनका अनुसार यो संख्या दिनहुँ बढिरहेको छ । यो प्रणाली सुरु भएसँगै लाइन लगाएर पुलिस रिपोर्ट दिने काम अन्त्य गरिएको छ ।

पुलिस रिपोर्ट आवश्यक पर्नेले अब प्रहरीको वेबसाइटमा गएर फाराम भर्नुपर्ने हुन्छ । वेबसाइट खोलेपछि दायाँतर्फ पुलिस क्लिरेन्स रजिस्ट्रेसन सिस्टम अनलाइन अप्लाइमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि माग भएबमोजिम सेवाग्राहीले विभिन्न चरणमा गरेर विवरण भर्नुपर्ने हुन्छ ।

यस्तै, सेवाग्राहीले आफूलाई पुलिस रिपोर्ट किन आवश्यक परेको हो भन्ने बेहोरासमेत खुलाउनुपर्नेछ । यस्तै, आफू पहिले कुनै आपराधिक घटनामा संलग्न भए/नभए बारेसमेत मागेको जवाफ सेवाग्राहीले अनलाइन प्रणालीबाटै दिनुपर्ने हुन्छ ।

माग भएअनुसार सबै विवरण भरिसकेपछि अन्तिम चरणमा सम्पूर्ण विवरण देखाउँछ । यदि नमिले सच्याउन सकिन्छ । सबै विषयलाई मागअनुसार रजिस्ट्रेसन गरिसकेपछि सेवाग्राहीलाई एप्लिकेसन नम्बर प्राप्त हुन्छ ।

सेवाग्राहीले अनलाइनबाट फाराम भरेको ३ दिनपछि प्रहरीको केन्द्रीय कार्यालयको चालचलन शाखाबाट रिपोर्टको सक्कल लिन सक्नेछन् ।

प्रकाशित मिति : December 5, 2019 at 7:19 am