२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

१३औं साग : पोखरामा आर्चरी, पाकिस्तान सहभागी नहुने

१९ मंसिर, पोखरा । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आजदेखि पोखरामा आर्चरीका खेलहरु हुने भएका छन् । खेलमा पाकिस्तान सहभागी हुने जनाइए पनि अन्तिम समयमा आएर सहभागी नहुने भएको छ ।

पाकिस्तानले अस्ति (मंगलबार) सम्म प्रतियोगितामा सहभागी हुने जनाए पनि अन्तिम समयमा आएर आन्तरिक कारण देखाउँदै सहभागी नहुने जनाएको छ । प्रतियोगितामा अब नेपालसहित भुटान, श्रीलंका र बंगलादेश सहभागी हुनेछन् । जसअन्तर्गत भुटानका ९ खेलाडी सहभागी हुनेछन् ।

अरु ३ देशका १६-१६ खेलाडी सहभागी हुनेछन् । प्रतियोगिताको बिहीबार बिहान उद्घाटनपश्चात र्‍याङकिङ राउन्ड सुरु हुनेछ । यो खेलको फाइनल मंसिर २२ र २३ गते हुनेछ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार ०७:०१