२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

पुरुष फुटबलको दोस्रो खेलमा श्रीलंकासँग बराबरीमा राेकियाे नेपाल

१८ मंसिर, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको दोस्रो खेलमा नेपाल श्रीलंकासँग बराबरीमा रोकिएको छ । बुधबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा श्रीलंकासँग नेपालले १–१ गोलको बराबरी खेलेको हो ।


कप्तान सुजल श्रेष्ठले ३७ मिनेटमा नेपालका लागि गोल गरेका थिए । उनले‌ पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । अन्तिम ९० मिनेटमा सम्हालिन नसक्दा नेपाल  श्रीलंकासँग बराबरीमा राेकिएकाे हाे । श्रीलंकाका मोहम्मद अकिबले ९१ मिनेटमा फ्रिकिकमार्फत गाेल गर्दै खेललाई बराबरीमा रोक्न सफल भए ।

राउण्ड रोबिनका आधारमा हुने खेलका शीर्ष २ टोली फाइनल प्रवेश गर्नेछन्। पुरुष फुटबलमा नेपाल र भुटानसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स रहेका छन्।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार १९:४७