१२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026

प्रधानमन्त्री ओली अझै केही दिन अस्पतालमै बस्नुपर्ने

१८ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली केही दिन अस्पतालमै बसेर स्वास्थ्य लाभ गर्नुहुने भएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत प्रधानमन्त्री केही दिन अस्पतालमै रहेर स्वास्थ्यलाभ गर्नुहुने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र हाल चिकित्सकीय अवलोकनमा राखिएको अस्पतालले जनाएको छ । यही मङ्सिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो ।

प्रकाशित मिति : December 4, 2019 at 7:16 pm