२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

सर्वहारावादी कम्युनिष्टहरुको एकता अपरिहार्यः प्रचण्ड

१८ वैशाख, काठमाडाैँ । नेकपा (माअाेवादी केन्द्र) का अध्यक्ष प्रचण्डले समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नेपाली श्रमिक वर्गको मुख्य कार्यभार भएकाे बताउनु भएकाे छ ।

१२९ अाैं मजदुर दिवसकाे अवसरमा अाज शुभकामना दिँदै उहाँले भन्नुभएकाे छ, ‘देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको यस सन्दर्भमा सर्वहारावादी कम्युनिष्टहरुको एकता अपरिहार्य आवश्यकता बनेको छ । अग्रगामी कम्युनिष्टहरुबीचको ध्रवीकरणले मात्र मुक्तिकामी श्रमिक वर्गको हक र अधिकारको सुनिश्चितता गर्न सकिन्छ ।’

अध्यक्षले संविधानको सफल कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि मजदुर वर्गले आगामी दिनमा अग्रदस्ताको भूमिका निर्वाह गर्न सक्ने विश्वास पनि व्यक्त गर्नुभयाे ।

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलवार ०९:५७