१२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026

१८ मंसिर, जलेश्वर । ठूलो परिमाणमा लागुऔषधसहित प्रहरीले महोत्तरीमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा एकडारा गाउँपालिका–३ अमरपट्टीका २४ वर्षीय पप्पुकुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । सिमावर्ती भारतीय शहर भिठ्ठामोडबाट ज१२प.८३४ नं को मोटरसाइकलमा चढेर नेपाल आउने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जलेश्वर नपा– ६ स्थित सडकमा चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषधसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनको साथबाट प्रहरीले लागुऔषध प्रोमेथाजिन हाईड्रोक्लोराईड इन्जेक्सन २ एमएलको ९८ पिस, बुप्रेनोर्फिन इन्जेक्सन २ एमएलको १०० पिस, डाइजेपाम इन्जेक्शन २ एमएलको १०० पिस र इन्ट्राजेपाम ट्याब्लेट १० लेखिएको ९०० पिस बरामद गरेको जनाइएको छ ।

प्रकाशित मिति : December 4, 2019 at 4:49 pm