बम बिष्फोटनकाे घटनामा संलग्न रहेको अभियोगमा बिष्ट पक्राउ
१८ मंसिर, उदयपुर । त्रियुगा नगरपालिका-६ जलजलेस्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयको भवनमा गत भदौ २ गते सिलिण्डर बम बिष्फोट भएको घटनामा संलग्न रहेको अभियोगमा उदयपुर गाईघाट बजार बस्ने रुकुम मुसिकोट नगरपालिका-१४ घर भएका २१ वर्षीय हरि बहादुर बिष्टलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त बिष्फोटन भएको घटनामा संलग्न अभियुक्तको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये बिष्टलाई त्रियुगा नगरपालिका-३ बसपार्कबाट फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : December 4, 2019 at 12:50 pm









