२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

१३औँ साग : कुस्तीको तयारी पुरा

१८ मंसिर, जनकपुरधाम । १३अैाँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत यही मङ्सिर २० गतेदेखि २३ गतेसम्म जनकपुरधामको जिल्ला खेलकूद विकास समितिको कभर्डहलमा हुने कुस्ती खेलका लागि सम्पूर्ण तयारी सम्पन्न भएको छ । सोका लागि कभर्ड हलमा खेल मैदान र होटलमा खेलाडीको आवासको व्यवस्थापनकार्य सम्पन्न भइसकेको जनाइएको छ । कुस्तीमा सहभागी हुनेमध्ये नेपाल र बङ्गलादेशका खेलाडि जनकपुरधाम आइपुगेका खेलकुद विकास समितिका प्रशासकीय प्रमुख विनोदकुमार सिंहले बताउनुभयो ।

उहाँका अनुसार सो खेलमा माल्दिभ्स र भुटान बाहेक नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काका खेलाडी सहभागी हुने छन् । खेलमा नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्काको महिला र पुरूष टिमको सहभगिता रहने छ भने पाकिस्तानबाट पुरूष टिमको मात्र सहभागिता रहने जनाइएको छ । नेपालका खेलाडीका लागि जनकपुरधामको सिटी स्टार होटल, बङ्गलादेशका लागि बेलकम, भारत र श्रीलङ्काका लागि राजदरबार होटल र पाकिस्तानका लागि बर्दिवासको पावन मिथिला होटलमा व्यवस्थापन गरिएको प्रमुख सिंहले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार १२:५०