१२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026

बडिगाड जीप दुर्घटनाप्रति राष्ट्रपति भण्डारीद्धारा दुःख व्यक्त

१७ मंसिर, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाग्लुङ बडिगाडमा आज भएको जीप दुर्घटनामा १४ जनाले जीवन गुमाउनुपरेकामा दुःख व्यक्त गर्नुभएको छ ।


उहाँले आज ट्विट गरी शोकाकूल परिवारमा समवेदना व्यक्त गर्नाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । राष्ट्रपतिले चालक, सवारी साधन र सडकको क्षमतामा अध्ययन गरी दुर्घटना न्यूनीकरणमा ध्यान दिन पनि सबैमा अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : December 3, 2019 at 9:54 pm