१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

१६ मंसिर, काठमाडाैँ । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेकाे छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको हाे । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ तथा डिजल र मट्टीतेलको प्रतिलिटर ९७ रुपैयाँ कायम गरिएको छ ।

सोमबार राति १२ बजेदेखि लागु हुने गरी मूल्य वृद्धि भएको  निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले आइतबार पठाएको मूल्य सूचीमा इन्धनको मूल्य बढाएर पठाएका कारण पेट्रोल, डिजेल मट्टीतेलको मूल्य बढाइएको निगमले जनाएकाे छ ।आईओसीले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्यसमेत बढाएर पठाएको भए पनि त्यसको मूल्य भने नबढाइएको निगमले जनाएको छ ।

प्रकाशित मिति : December 2, 2019 at 8:09 pm