१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

दुई जनामा स्क्रब टाइफसको सङ्क्रमण

१६ मंसिर, कञ्चनपुर । भीमदत्त नगरमा रहेको महाकाली अस्पतालमा उपचारका लागि पुगेका दुईजना बिरामीमा स्क्रब टाइफसको सङ्क्रमण देखापरेको छ ।भीमदत्त नगरपालिका–९ र १८ का दुईजना बिरामीमा स्क्रब टाइफसको सङ्क्रमण देखापरेको अस्पतालका सूचना अधिकारी केशव अवस्थीले बताउनुभयो । सूक्ष्म प्रकारको किर्ना झाडी र घाँसेमैदानमा पाइने भएकाले यस्ता ठाउँमा जाँदा पूरा बाहुला भएको सर्ट र पाइन्टसँगै जुत्ता लगाएर जानुपर्ने हुन्छ । अधिकारी अवस्थीले भन्नुभयो, “घाँसे मैदानमा बस्दा रुमाल वा अन्य कपडा ओछ्याएर बसे किर्ना सर्ने सम्भावना कम हुन्छ ।”

टाइफस रोग लागेमा टाउको बेस्सरी दुख्ने, १०४ डिग्रीभन्दा बढी हनहन्ती ज्वरो आउने, शरीरमा रातो मसिना बिमिरा देखापर्ने, ग्रन्थी सुनिने, पसिना आउने लगायतका लक्षण देखापर्ने गरेको उहाँको भनाइ रहेको छ । कडा किसिमको टाइफसको ब्याक्टेरियाले फोक्सोमा आक्रमणमा गरेमा बिरामीको मृत्युसमेत हुने गर्दछ ।

प्रकाशित मिति : December 2, 2019 at 1:29 pm