सडक खन्नेक्रममा पोखराको माैजामा ढिस्कोमा पुरिएर पाँच जनाको मृत्यु
१५ मंसिर, कास्की । कास्कीको पोखरा महानगरपालिका पहिरोले पुरिँदा पाँच जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पोखरा महानगरपालिका–२० स्थित मौजामा नाली खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएका मध्ये दुइ जनाको जिवितै उद्धार गरिएको मा उनीहरूको पछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा जितबहादुर बस्नेत, गणेश ओली, तोभान बस्नेत, जोगेन्द्र बुढाथोकी र खिमलाल ओली रहेका छन छन् । पोखरा २० का वडा अध्यक्ष सीम गुरुङले रिटेरिङ वाल लगाउने क्रममा पखिरो खस्दा दुर्घटना हुनुपुगेको बताएका छन । उनीहरू सडकमै काम गर्ने मजदुर रहेको बुझिएको छ ।
प्रकाशित मिति : December 1, 2019 at 11:00 am









