सुनसरीमा ट्रकले एम्बुलेन्सलाई ठक्कर दिँदा सात जनाको घटनास्थलमै मृत्यु
१५ मंसिर, सुनसरी । सुनसरीमा कले एम्बुलेन्सलाई ठक्कर दिँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुने सबै एम्बुलेन्समा सवार रहेका मानिस रहेको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट सडकमा बजारिएर उतानो परेको एम्बुलेन्सबाट मृतकको शव झिक्नै ४ घण्टा लगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय,सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माका अनुसार सुनसरीको लाैकि नजिकै घटना भएको हो ।

उपचारका क्रममा मृत्यु भएकी कए महिलाको शव लिएर उदयपुर फर्कनेक्रममा घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एम्बुलेन्समा १ महिला र ६ पुरुष सवार थिए । डिएसपी शर्माका अनुसार विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको एम्बुलेन्स र वीरगंजबाट विराटनगर जाँदै गरेको ट्रकसँग ठोक्किएको थियो ।
प्रकाशित मिति : December 1, 2019 at 7:33 am









