कण्डम लगाएर सुन तस्करी, कण्डमले बेरेर मलद्वारमा राखेको सुनसहित चिनियाँ नागरिक पक्राउ
१३ मंसिर, काठमाडौँ । तस्करहरूले नेपाललाइ सुन तस्करीको ट्रान्जिट बनाउदै लगेका छन । पछिल्लो समय सुनतस्करी बढेको छ भने केही तस्करीका सुन समातिएका पनि छन । शुक्रबार प्रहरीले एउटा अनौँठो तस्करी पनि पत्ता लगाएको छ । कण्डम लगाएर सुन तस्करी गर्ने चिनियाँ नागरिकलाइ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चाईना वेस्ट एयरको उडानाबाट तिब्बत हुँदै नेपाल आएका चिनियाँ नागरिक स लुतइको साथबाट कण्डमले बेरेर मलद्वारमा राखेर एक किलो सुनका चार टुक्रा बरामद गरेको हो ।

लुतइ विमानस्थल भन्सारको वाक थ्रु गेटमा प्रवेश गर्ना साथै साईरन बजेको थियो। भन्सारले उनीसँग भएका सबै धातु निकाले पनि साईरन बज्न नछाडे पछि अस्पताल लगिएको थियो। लुतइले विमानस्थलमा असहज महसुस गरेपछि प्रहरीले काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा एक्सरे गराउँदा केही वस्तु देखिएको थियो। उनलाई चिकित्सकले औषधि खुवाएर शौच गराउँदा सुनका टुक्रा फेला परेको प्रहरीले जनाएको छ।
यो पनि पढ्नुहोस्
-८ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट २ चिनियाँ नागरिक पक्राउ
प्रकाशित मिति : November 29, 2019 at 9:58 pm









