दैलेखमा माइक्रोबस दुर्घटना, ३ जनाको मृत्यु, ७ घाइते
१३ मंसिर, दैलेख । दैलेखमा माइक्रोबस दुर्घटना हुँदा ३ जनाकाे मृत्यु भएकाे छ । सुर्खेतबाट दैलेख आउँदै गरेको भे१ज १०२९ नम्बरको माइक्रोबस दैलेखको गुराँस गाउँपालिका–४ घोडाबासमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घाइतेहरुको उद्दार कार्य जारी रहेको र उद्दार भइसकेकालाई उपचारको लागि स्थानीय अस्पतालमा पठाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेकाे दैलेख प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : November 29, 2019 at 12:52 pm









