ब्राउन सुगरसहित तीन पक्राउ
१३ मंसिर, कैलाली । प्रहरीले धनगढीबाट ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–५ जाइँ बस्ने २८ वर्षीय इन्द्रजीत धामी, वडा नं ८ बस्ने १८ वर्षीया एलिसा तामाङ र बाजुरा त्रिवेणी नगरपालिका– ३ घर भई हाल धनगढी–१ बस्ने १९ वर्षीया मोनिका थापा भन्ने मोनिका बुढालाई गए राति प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले आज जानकारी दिनुभयो ।

उनीहरु तीनै जनालाई धनगढीस्थित पुष्पाञ्जली होटलको कोठा नं ७०१ बाट तीन ग्राम ७६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : November 29, 2019 at 12:37 pm







