२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

समृद्धिका लागि नागरिकसँगै रहेर सहकार्य गर्छु: प्रमुख शाक्य

१७ वैशाख, काठमाडौं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कामपाको समृद्धिका लागि नागरिकसँगै रहेर सहकार्य गर्ने बताएका छन् । काठमाडौं महानगरपालिका वडा नं १४ ले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा कामपाका प्रमुख शाक्यले समृद्धिका लागि नागरिकको सक्रियता आवश्यक हुने बताएका हुन् ।

शाक्यले भने, “नगरको विकास नागरिकका लागि हो त्यसैले काठमाडौं महानगरपालिकाको सबै विकासमा नागरिक सहभागी हुन आवश्यक छ ।”

कामपाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ ले नगरवासीको अपेक्षा एकीकृत विकास रहेकाले सोहीअनुरुप विकासको काम गरिने बताइन् ।
वडा नं १४ का वडाध्यक्ष शोभा सापकोटाले वडामा भएका २२ वटाभन्दा बढी टोल विकास समूहसँगको सहकार्यमा बाटोमा ब्लक छाप्ने, ढुङ्गा बिछ्याउने, मंगल निर्माण गर्ने, इनार सफा गर्ने, आरसिसी ढलान गर्ने, सडक पिच गर्ने काम सम्पन्न गरिएको जानकारी दिइन् ।

कलंकी चोकको व्यवस्थापन, बजार र उद्योगधन्धाको तथ्याङ्क संकलन, पार्किङस्थलको पहिचान र व्यवस्थापन, बल्खु खोला करिडोर निर्माण, सार्वजनिक शौचालय निर्माणजस्ता काम तत्कालको योजनामा रहेको सापकोटाले बताइन् ।

प्रकाशित मिति : 14:34