१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

नेपाली भूमि मिचेर बनाइएका भारतीयका घरटहरा भत्काइए !

१३ मंसिर, धरान सुनसरीको दक्षिणी क्षेत्रस्थित नेपालको अतिक्रमित भूमि फिर्ता लिइएको छ । भारतीयले निर्माण गरेका घर-टहरा सशस्त्र प्रहरीले भत्काउँदै जमिन फिर्ता लिएको हो । सशस्त्र प्रहरीको ४ नम्बर गण सुनसरीबाट खटिएको टोलीले देवानगन्ज गाउँपालिकाको नेपाली भूमि अतिक्रमण गरी बनाइएका घर-टहरा बुधबार र बिहीबार भत्काएको अन्नपूर्ण दैनिकमा खबर छ । नेपाली भूमिमा भारतीयले २१ वटा घर-टहरा बनाएर अतिक्रमण गरेका थिए ।

भारतीय पक्षले सुनसरीका विभिन्न २० स्थानमा नेपाली भूमि अतिक्रमण गरी घर बनाएको छ । सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालका अनुसार भारतीय पक्षले अतिक्रमण गरेका सुनसरीका २० वटै स्थानबाट जमिन फिर्ता लिन दैनिक सशस्त्र प्रहरी परिचालन गरिएको छ । यस काममा भारतीय एसएसबीका जवानले पनि सहयोग गरेको बताइएको छ ।

प्रकाशित मिति : November 29, 2019 at 7:24 am