१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

नेकपा उम्मेदवारको घरमा कुकर बम विस्फोट

१२ मंसिर, जनकपुर । नेकपा उम्मेदवारको घरमा कुकर बम विस्फोट भएकाे छ । महोत्तरीको पिपरा गाउँपालिकामा मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका उम्मेदवार विक्रम चौधरीको घरमा बम विस्फोट भएको हो। उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीबाट अध्यक्षको पदको उम्मेदवारी दिएका विक्रम चौधरीको घरमा बिहीबार अपरान्ह पौने ५ बजे बम विस्फोट भएको हाे । गाउँपालिका–४ स्थित उनको घरपछाडि बम विस्फोट भएको हो। विस्फोटबाट कुनै मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

फाइल फाेटाे

चौधरीले चुनावी प्रचार–प्रसार र व्यवस्थापनका लागि कार्यालय संचालन गरेकाे बम विस्फोट भएको स्थाहाे। कुकर बम बिस्फाेट भएको स्थानीयले बताए। उपनिर्वाचनको तयारी हेर्न सोही स्थानमा प्रमुख जिल्ला अधिकरीसहित सुरक्षा निकायका जिल्ला प्रखुम पुगेको बेला विस्फोट भएको हो।

विस्फोटबाट घरको शौचालयको ढोका र पर्खालमा क्षति पुगेको छ। महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले विस्फोट भएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जानकारी दिए। चुनावी सुरक्षा व्यवस्था तथा आचार संहिताको अनुगमन गर्न पुगेका सुरक्षा अधिकारीसमक्ष नै ककुर बम विस्फोट भएको थियो।

प्रकाशित मिति : November 28, 2019 at 8:00 pm