२५ हजार घुससहित काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका सचिव पक्राउ
१२ मंसिर, काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५ का वडासचिव २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । घरजग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि भनेर लिएको २५ हजार घुससहित वडासचिव दिनेश बास्कोटा पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौँ टंगालस्थित केन्द्रीय कार्यालयबाट खटिएको टोलीले वडासचिव बास्कोटालाई घुससहित पक्राउ गरेको हो । बास्कोटालाई घुस रकम लिइसकेको अवस्थामा गोकर्णेश्वर नगरपालिका–६ स्थित लक्ष्मीनारायण मन्दिर परिसरबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
प्रकाशित मिति : November 28, 2019 at 3:20 pm









