१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

टिप्पर दुर्घटनामा घाइते भएका ११ जनालाई सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

१२ मंसिर, हुम्ला । बुधबार हुम्लामा भएको टिप्पर दुर्घटनामा घाइते भएका ११ जना बिरामीको थप उपचारका लागि सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ । सिमकोट गाउँपालिका–७ लाग्ना भन्ने ठाउँमा लु ४ ख ३२६९ नम्बरको टिप्पर बुधबार दिउँसो सदरमुकाम सिमकोटतर्फ आउँदै गर्दा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी घटनास्थलमै तीन जनाको र उपचारको क्रममा जिल्ला अस्पतालमा एक जनाको मृत्यु भएकाे छ । मृत्यु हुनेमा नाम्खा गाउँपालिका– १ हेप्का गाउँकी नरी लामा, छिरिङकार्मा लामा र हिल्सा सिमकोट सडक आयोजनाका कार्यालय सहयोगीको खार्पुनाथ गाउँपालिका–१ का बबरजंग शाही र सिमकोट गाउँपालिकाका ५४ वर्षीय वक्त रोकाया रहेका छन् । यसैक्रममा दुर्घटनामा घाइते भएकाको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुम्लाले एक लाख रुपैयाँ सहयोग गरेको छ ।

हुम्लाको सिमकोट लाग्ना डाँडामा बुधबार टिपर दुर्घटना हुँदा घाइते भएका ११ जनाको जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगन्ज लैजाँदै । तस्बिरः दाने बोहरा

प्रकाशित मिति : November 28, 2019 at 1:38 pm