१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

‘नेपालका लागि नेपाली’ भन्ने राजावादी अभियानबाट ज्ञानेन्द्र शाही बर्खास्त

१२ मंसिर, काठमाडाैँ । ‘नेपालका लागि नेपाली’ भन्ने राजावादी अभियानबाट ज्ञानेन्द्र शाही बर्खास्त भएका छन । राजावादीहरूले सञ्चालन गरिरहेको अभियानबाट मंसिर ११ गतेको मितिदेखि ज्ञानेन्द्र शाहीलाइ हटाइएको जनाइएको छ । शाहीले पुर्याएको योगदानका लागि धन्यवाद दिँदै उनको कुनै पनि क्रियाकलापमा अब उप्रान्त संस्थागत प्रतिनिधित्व नजनिने उल्लेख गरिएको छ ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी लगायतले सुरू गरेको अभियानलाइ केही हल्लाखल्लाको विषय बनाउने शाही नै बर्खास्तमा परेपछि उनका समर्थकले यो अभियाननै समाप्त हुने प्रतिक्रिया जनाएका छन । नेपालका लागि नेपाली अभियानको मंसिर ११ बसेको कार्यसमितिको बैठकले शाहीलाइ हटाउने निर्णय गरेको सूचना अभियानको आधिकारिक पेजमा राखिएको छ । उक्त सूचनामा धेरैले शाही बिनाको अभियान खल्लो हुने प्रतिक्रिया दिएका छन । यस विषयमा शाहीले भने केही प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित मिति : November 28, 2019 at 12:14 pm