१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

अस्पतालको बेडबाट प्रधानमन्त्री ओलीको ट्वीट : मेरो स्वास्थमा तीव्र गतिमा सुधार भइरहेको छ

१२ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले अस्पतालको शैय्याबाटै ट्वीट गर्र्दै आफ्नो स्वास्थ्यमा तीव्र गतिमा सुधार भइरहेको जानकारी दिएका छन् । उनले शुभेच्छा प्रकट गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त समेत गरेका छन् ।


उनले लेखेका छन्,

बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

प्रधानमन्त्री ओली मंसिर १० गते ‘त्रिविस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टर, महाराजगञ्जमा एपेन्डिसाइटिसको अपरेसन गरेर उपचाररत छन् । ​प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको सवास्थ्यमा उल्लेखनीय सुधार भइरहेको जनाएका हुन् । उनलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित चिकित्सकको निरन्तर निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : November 28, 2019 at 11:27 am