१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

अर्घाखाँची बस दुर्घटना : मृत्यु हुने १९ पुगे, १० जनाको पहिचान खुल्यो

१२ मंसिर, अर्घाखाँची । अर्घाखाँचीको नरपानीमा बुधबार साँझ भएको बस दुर्घटनामा एकै घरका २ जनासहित मृत्यु हुनेको संख्या १९ पुगेको छ । दुर्घटनामा परि १७ जनाको घटनास्थलमै मृत्यु भएको हो । १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा र १ जनाको चौराहा अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा १८ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु.२ख २१४८ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल भीरमा खसेको थियो । मृतक १० जनाको परिचय खुलेको छ ।

मृत्यु हुनेको नाम :
१. अर्घाखाँची सन्धिखर्क ७, डिहिडाँडा कालीचौरका १८ वर्षीया माया पुरी
२. अर्घाखाँची सन्धिखर्क ७, डिहिडाँडा कालीचौरकै १० वर्षीया मोनिका खड्का
३. अर्घाखाँची शीतगंगा २, सीतापुर झिर्रा घर भई हाल कपिलवस्तुको चप्परगाँउ बस्ने ३७ वर्षीय शन्तबहादुर बस्नेत (बस मालिक)
४. अर्घाखाँची शीतगंगा २, सीतापुर झिर्राकी २७ वर्षीया सीता बस्नेत (बस मालिकका भाइ-बुहारी)
५. कपिलवस्तु बुद्धभूमि बाँसगढीका ३६ वर्षीय ओमबहादुर थापा क्षत्री ‘वसन्त’ (बस चालक)
६. अर्घाखाँची सन्धिखर्क ७, डिहीडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई
७. अर्घाखाँची सन्धिखर्क ७, डिहीडाँडाका ५४ वर्षीय बलाराम भट्टराई
८. अर्घाखाँची भूमिकास्थान नगरपालिका ९ का २७ वर्षीय शैलेश थापा
९. अर्घाखाँची सन्धिखर्क १० का छविलाल गैरे
१०. गुल्मी धुर्कोट २ घर भई हाल रुपन्देहीमा कार्यरत शसस्त्र प्रहरी जवान राजकुमार महत

अन्य ९ मृतकको परिचन खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ५-६ महिनाका बालकसहित १२ पुरुष र ७ महिला छन् ।

घाइते १८ मध्ये २ जना उपचारपछि घर फर्किएका छन् । ६ जनाको बुटवल चौराहा अस्पतालमा, ९ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

प्रकाशित मिति : November 28, 2019 at 8:14 am