१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

अर्घाखाँची बस दुर्घटनामा मृतकको संख्या १७ पुग्यो, घाइते १२ जनाको अवस्था चिन्ताजनक

-बसन्त श्रेष्ठ

११ मंसिर, अर्घाखाँची । अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । सन्धिखर्क नगरपालिका-६, नरपानीमा भएको दुर्घटनामा १७ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । दुर्घटनामा १० पुरूष, ५ महिला र २ बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी प्रकाश विष्टले दैनिकीलाइ जानकारी दिए । उनका अनुसार घाइते मध्ये १२ जनाको अवस्था गम्भीर रहेको छ ।

सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु२ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेको थियाे । घाइतेलाई बुटवलतर्फ लगिएको डिएसपी विष्टले बताए । बस दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। यसैबीच घटनास्थलमा प्रहरीका साथै स्थानीयले उद्दार जारी राखेका छन् ।

प्रकाशित मिति : November 27, 2019 at 7:26 pm