अर्घाखाँची बस दुर्घटना अपडेटः मृतककाे संख्या १५ पुग्याे
११ मंसिर, काठमाडाैँ । अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । सन्धीखर्क नगरपालिका-६, नरपानीमा भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको ५ नं. प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको हो ।

सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु२ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेको थियाे । घाइतेलाई बुटवलतर्फ लगिएको डिएसपी प्रकास विष्टले जानकारी दिए । बस दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। यसैबीच घटनास्थलमा प्रहरीका साथै स्थानीयले उद्दार जारी राखेका छन् ।
प्रकाशित मिति : November 27, 2019 at 7:06 pm









