१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

हुम्लाकाे सिमिकोटमा ट्रिपर दुर्घटना, ३ जनाको मृत्यु, १२ घाइते

११ मंसिर, काठमाडाैँ ।  १५:३० बजे हुम्लाको सिमिकोट गापा ७ स्थित लाग्नाडाँडामा, नाम्खा गापा ४ सल्लीबाट सिमिकोट तर्फ आउँदै गरेको ट्रिपर दुर्घटना हुँदा ३ जनाकाे मृत्यु भएकाे छ । तिब्र गतिमा गुडिरहेकाे ट्रिपर अनियन्त्रित भई दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १२ जना घाईते भएकाे हुम्ला प्रहरीले जनाएकाे छ ।

फाइल फाेटाे

घाइतेहरूकाे  जील्ला अस्पताल हुम्लामा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । ३० वर्षिय चालक आनन्द तामाङ्गलाइ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।

प्रकाशित मिति : November 27, 2019 at 6:28 pm