१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

अर्घाखाँची बस दुर्घटना अपडेटः १२ जनाको मृत्यु, ११ घाइते

११ मंसिर, काठमाडौं । अर्घाखाँचीको सन्धीखर्कमा भएकाे बस दुर्घटनामा १२ जनाकाे मृत्यु भएकाे छ भने ११ जना घाइते भएका छन् ।बुधबार दिउँसाे सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खस्दा १२ जनाको मृत्यु भएको र अन्य ११ जना घाइते भएकाे डिएसपी प्रकास विष्टले दैनिकीलाइ जानकारी दिए ।

घाइतेलाई बुटवलतर्फ लगिएको डिएसपी विष्टले जानकारी दिए । बस दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। यसैबीच घटनास्थलमा प्रहरीका साथै स्थानीयले उद्दार जारी राखेका छन् ।

प्रकाशित मिति : November 27, 2019 at 5:52 pm