३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

पाैडेल पक्षीय नेताले बहिष्कार गरेपछि कांग्रेस बैठक २१ गतेसम्मका लागि स्थगित

१७ वैशाख, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक वैशाख २१ गते सम्मका लागि स्थगित भएको छ । बिहान ८ बजे बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्वाचित सदस्यहरुको बैठक साँढे ११ बजे स्थगित भएकाे जानकारी दिइएको हाे । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पाैडेलले बैठक २१ गते २ बजेसम्मका लागि स्थगित भएको दैनिकीलार्इ जानकारी दिए । पदाधिकारी मनोनयका लागि बस्न लागेको बैठक शीर्ष नेताहरुको बीचमा कुरा नमिल्दा स्थगित भएको हो ।

देउवाले बैठकमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको नाम प्रस्ताव गर्ने र बैठकले पारित गर्ने तयारी गरेको भए पनि तीनै जना देउवाले आफ्ना निकटकालाई बनाउन खोजेपछि समस्या उत्पन्न भएको हो । विधानमा महाधिवेशन भएको २ महिनाभित्र पदाधिकारीलगायत सवै निकायमा मनोनयन गरिसक्नुपर्ने व्यवस्था भए पनि देउवाले २६ महिनापछि बल्ल पदाधिकारी मनोनयनको तयारी गरेका हुन । बैठकमा पौडल पक्षीय नेताहरु उपस्थित भएनन् ।

प्रकाशित मिति : १७ बैशाख २०७५, सोमबार ११:२७