३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

बिहान ८ बजेका लागि बोलाएको कांग्रेस बैठक अझै बस्न सकेन, पौडेल पक्षीय नेता अनुपस्थित

१७ वैशाख, काठमाडौँ । बिहान ८ बजे बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्वाचित सदस्यहरुको बैठक अहिलेसम्म बस्न सकेको छैन । पदाधिकारी मनोनयका लागि बस्न लागेको बैठक शीर्ष नेताहरुको बीचमा कुरा नमिल्दा बस्न नसकेको एक जना केन्द्रीय सदस्यले जानकारी दिए । उनले भने ‘पदाधिकारीमा भागवण्डा नमिल्दा बैठक बस्न सकेको छैन, अब वैशाख २२ गतेसम्मका लागि बैठक नै स्थगित हुने सम्भावना पनि रहेको छ ।’

देउवाले बैठकमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको नाम प्रस्ताव गर्ने र बैठकले पारित गर्ने तयारी गरेको भए पनि तीनै जना देउवाले आफ्ना निकटकालाई बनाउन खोजेपछि समस्या उत्पन्न भएको हो । विधानमा महाधिवेशन भएको २ महिनाभित्र पदाधिकारीलगायत सवै निकायमा मनोनयन गरिसक्नुपर्ने व्यवस्था भए पनि देउवाले २६ महिनापछि बल्ल पदाधिकारी मनोनयनको तयारी गरेका हुन । बैठकमा पौडल पक्षीय नेताहरु एकदमै कमैमात्र उपस्थित रहेका छन । यद्यपी बैठक औपचारिक रुपमा सुरु हुन सकेको छैन ।

प्रकाशित मिति : १७ बैशाख २०७५, सोमबार ११:०५