१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

पाेखरामा प्रचण्डले सम्बोधन गर्ने नेकपाको चुनावी सभास्थल नजिकै बम विष्फोट

११ मंसिर, पोखरा । पोखरामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ । बुधबार मध्यान्ह पोखरा महानगरपालिका ९ स्थित प्रदर्शनकेन्द्रमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ । विस्फोटमा कुनै मानवीय क्षति नभएपनि पार्किङ स्थलमा रहेको ग१ख ८८९१ नम्बरको बसकाे सिसा फुटेको प्रहरीले जनाएकाे छ ।

सो चुनावी सभालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही बेरपछि संवोधन गर्ने कार्यक्रम रहेको छ। चुनावी सभामा सहभागी हुन प्रचण्डसहित नेकपा नेता वामदेव गौतम, सुवाचन्द्र नेम्वाङ, काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य लगायतको सहभागिता रहेको छ । मंसिर १४ गतेको उपनिर्वाचनमा कास्की २ की उम्मेदवार विद्या भट्टराईको पक्षमा माहोल बनाउन नेताहरु पोखरा पुगेका हुन् ।

प्रकाशित मिति : November 27, 2019 at 1:30 pm