१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

नक्कली चेक बनाएर जनता बैंकबाट झण्डै २० लाख निकालियाे, ६ जना पक्राउ

११ मंसिर, काठमाडाैँ । नक्कली चेक बनाएर जनता बैंकबाट २० लाख निकालिएकाे खुलासा भएकाे छ । जनता बैंकको बानेश्वर शाखामा खाता रहेका गोपालमान राज बाहकको खाताको पैसा नक्कली चेक बनाएर १९ लाख ९९ हजार रुपैयाँ निकालिएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी उत्तम सुवेदीले घटनामा संलग्न भएको आशंकामा ६ जनालाई पक्राउ गरिएकाे बताए ।  सुवेदीका अनुसार पक्राउ परेका छ जनाबाट १८ लाख रुपैयाँ बरामद गरिएकाे छ ।

 

घटनामा संलग्न भएको आशंकामा प्रहरीले काभ्रे पाँचखाल घर भई हाल कालिमाटी बस्ने सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल बाग्लुङ गलकोटकी बुद्धनगर बस्ने सुमन पौडेल र सिन्धुपाल्चोक साविक ज्यामिरे-९ घर भई हाल सुविधानगर बस्ने गोविन्द घिमिरेलाई पक्राउ गरेको छ। उनीहरूमाथि थप अनुसन्धान गर्न उच्च अदालत पाटनबाट सात दिनको म्याद थपिएको एसएसपी सुवेदीले जानकारी दिए।

प्रकाशित मिति : November 27, 2019 at 12:27 pm