वरिष्ठ पत्रकार एवं राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त विनय कसजुको निधन
१० मंसिर, काठमाडौँ । वरिष्ठ पत्रकार एवं बाल साहित्यकार विनयकुमार कसजुको निधन भएको छ । कसजुको मंगलबार दिउँसो लतिलपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा कसजुको निधन भएको हो ।

निमोनियका कारण गम्भीर विरामी भएका कसजुलाई १९ कात्तिकमा मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । पछिल्लो समय कसजुको आईसीयूमा उपचार भइरहेको थियो । कसजु राष्ट्रिय सूचना आयोगका पहिलो प्रमुख आयुक्त पनि हुन् । बालसाहित्यमा उनका ५० बढी कृति प्रकाशित छन् भने उनी राष्ट्रिय समाचार समितिका पूर्वसञ्चालक समिति सदस्य पनि हुन् ।
प्रकाशित मिति : November 26, 2019 at 5:26 pm









