बानेश्वरमा डाक्टरलाई ठक्कर दिएर बससहित फरार रहेका चालक रामेछापबाट पक्राउ
१० मंसिर, काठमाडौँ । काठमाडाैँकाे नयाँ बानेश्वरमा आइतबार बिहान डाक्टरलाई ठक्कर दिएर बससहित फरार रहेका चालक रामेछापबाट पक्राउ परेका छन् । बसका चालक भक्तपुरको सूर्यविनायक बस्ने बुद्धिबहादुर कोजु सोमबार रामेछापमा पक्राउ परेका हुन् । आइतबार बिहान मनिर्ङवाकमा निस्केका डाक्टर प्रभु जोशीलाई बसले ठक्कर दिँदा उनकाे घटनास्थलमै मृत्यु भएको थियो ।

नयाँ बानेश्वरमा रहेको सीसीटीभी फुटेजको सहयोगमा प्रहरीले घटनामा संलग्न बा ३ ख ६१४ नम्बर यात्रुबाहक बस पहिचान गरी सो बसका चालकलाई पक्राउ गरिएको काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।
जोशीको घटनास्थलमै मृत्यु भएपनि घटनामा संलग्न सवारी र चालकको पहिचान हुन सकेको थिएन् । सीसीटीभी फुटेजको सहयोगमा सोही गाडीको पिछा गर्दै जाँदा गाडीसहित चालकलाई रामेछापमा पक्राउ गरिएको हो । घटना घटेपछि सो बस नयाँ बसपार्क, भक्तपुर, काभ्रे हुँदै रामेछाप पुगेको थियो ।
प्रकाशित मिति : November 26, 2019 at 2:42 pm









