मोटरसाइकल दुर्घटनामा नेकपा नेताको मृत्यु
१० मंसिर, बाँके । सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको क१प १०६ नम्बरको मोटरसाइकल सोमवार राति बाँकेको चिसापानीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा जुम्ला तातोपानी गाउँपालिका–४ का मनिकेश गौतमको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिए ।

उनका अनुसार सोमवार राति करीब ८ः०० बजेतिर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक गौतमको घटनास्थलमै मृत्यु भएको थियो । गौतम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जुम्लाका स्थानीय नेता हुन् ।
प्रकाशित मिति : November 26, 2019 at 12:12 pm









