३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

जनस्तरमा संगठित भएर पनि विकासको काम अघि बढाउन सकिन्छः मन्त्री पोखरेल

१६ वैशाख, काठमाडौँ । २५६२ औं बुद्ध जयन्तीको अवसरमा रक्षामन्त्री ईश्वर पोखरेलले बुढानिलकण्ठको पासीकोटमा बुद्ध मुर्ति अनावरण तथा प्राण प्रतिष्ठाको उद्घाटन गर्नुभएको छ । बुद्ध कोलोनीमा आयोजित एक समारोहका विच मन्त्री पोखरेलले बुद्ध मुर्तिको अनावरण गर्नुभएको हो । स्थानीय जनस्तरको लागतबाट निर्मित मुर्तिको अनावरण गर्दै मन्त्री पोखरेलले नागरिक सचेतनयुक्त राम्रो कामका निम्ती प्रसंम्सा गर्नुभयो ।

‘जनस्तरमा संगठित गरेर पनि विकासको काम अघि बढाउन सकिन्छ भन्ने कुराको प्रमाण तपाईहरुले बुद्ध मुर्ति निर्माण गरेर प्रस्तुत गर्नु भएको छ’–मन्त्री पोखरेलले भन्नुभयो–‘राम्रा काम गर्नेले सरकारको नै मुख ताक्नुपर्छ भने छैन, यस्ता राम्रा कामले निरन्तरता पाउनुपर्छ ।’
सरकारको ध्यान आर्थिक विकास, सम्वृद्धि र सुशासनमा केन्द्रीत रहेको भन्दैं मन्त्री पोखरेलले संविधानले निर्दिष्ट गरेका व्यवस्था बमोजिम नै अव देखि विकास र योजनाहरु तय हुने बताउनुुभयो ।

‘विकास तथा योजना निर्माणमा पनि स्थानीय, प्रदेश र केन्द्रीय तहका भिन्नाभिन्नै कार्यक्षेत्र छन’ मन्त्री पोखरेलले भन्नुभयो–‘त्यही कुरा बुझेर तपाईहरु पनि योजना निर्माण बनाउनु लाग्नुस, स्थानीय तहभित्र पर्ने कुरा हो भने यहाँको मेयर सावलाई भन्नुस, प्रदेशले गर्ने हो भने प्रदेशसभाका सदस्यहरु हुनुहुन्छ र केन्द्रीय तहको कुरा हो भने मसँग कुरा गर्न आउनुस । तर तपाईहरु कार्यक्षेत्रबारे भने स्पष्ट हुन जरुरी छ ।’

निर्वाचनका बेलामा जनतासँग गरिएका प्रतिवद्धताप्रति आफु पुर्ण प्रतिवद्ध भएको भन्दै मन्त्री पोखरेलको भनाई थियो । उहाँले सार्वजनिक सम्पत्तीको सुरक्षा गर्ने कुरालाई प्राथमिकतामा राखेको भन्दैं स्थानीयलाई संगठित भएर काम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त सूर्यनाथ उपाध्याय लगायतको उपस्थिति थियो ।

मन्त्री पोखरेलको सम्बोधन अनेरास्ववियुका सचिव आरसी लामिछानेको फेसबुकबाट ।

प्रकाशित मिति : १७ बैशाख २०७५, सोमबार ०९:५२