पोखरास्थित नेकपाका नेता शिव आचार्यको घरमा बम विस्फोट
९ मंसिर, कास्की । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिव आचार्यको घरमा सोमबार बिहान २ बजेर ४५ मिनेटमा बम विस्फोट भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले बम विस्फोटबाट घर कम्पाउन्डमा पार्किङ गरेर राखेको गाडीमा क्षति पुगेको जानकारी दिए।

३३ नम्बर वडाका अध्यक्ष आचार्यको पोखरा महानगरपालिका-१७ बिरौटास्थित घरमा पार्किङमा रहेको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा अज्ञात समुहले विस्फोट गराएको कार्कीले बताए । विस्फोटबाट भएको क्षति विवरण खुलेको छैन। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ। तस्बीरहरूः शिव भण्डारी/दैनिकी

प्रकाशित मिति : November 25, 2019 at 7:42 am









