४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

झुटले नांगिएका कांग्रेस सभापति देउवालाईं नेकपाकी सचेतक शान्ता चाैधरीका ११ प्रश्न


८ मंसिर, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति चर्को आक्रोश पोखेकी छिन । शनिबार कास्कीको पोखरामा सार्वजनिक रूपमा प्रधानमन्त्रीको बरेमा झुटा कुरा गरेको भन्दै उनले देउवाप्रति आक्रोश पोखेकी हुन । उनले देउवाको अभिव्यक्ति निन्दनीय रहेको भन्दै भत्सर्ना गरेकी छिन ।

सचेतक चौधरीले देउवाले आफ्नो हैसिय गुमाएर छुद्र, असभ्य र झुटको नांगो रुप प्रदर्शन गर्दै अभिव्यक्ति दिएको दाबी गरेकी छिन । उनले यस्ता देउवामाथि दर्जनौ प्रश्न गर्न सकिने बताउँदै ११ प्रश्न गरेकी छिन । उनले देउवासँग स्पष्टिकरण समेत मागेकी छिन । झुट र गम्भीर आरोप लगाईंरहँदा देउवाले त्यसको जवाफ दिनुपर्छ उनले भनेकी छिन ।

चाैधरीले देउवामाथि गरेका ११ प्रश्न 

-तपाईं सत्तामा हुँदा राष्ट्रघाती सन्धिमा हस्ताक्षर किन गर्नु भयो ?
-भारतले नाकाबन्दी लगाउँदा त्यतिबेला तपाईंको राष्ट्रवाद कहाँ लुक्यो ?
-बालुवाटार परिशरको ललितानिवास लगायत देशभरी नै सार्बजनिक जग्गा भुमाफियालाई लुट्न दिने काम कसले गर्‍यो ।
-सुन तस्करहरु कसले जन्मायो ? सुनकाण्ड कसको पालाको ?
-वाईडबढी विमान खरिदको संझौता गर्ने र पहिलो किस्ता रकम पठाउने काम किन गर्नु भयो ?
-देशका उद्योग धन्दा र कलकारखाना कौडीको मुल्यमा बेच्ने काम कसले गर्‍यो ?
-बहुदल आएपछि सरकारको नेतृत्व सबै भन्दा बढी कसले गर्‍यो र भ्रस्टाचारलाई संस्थागत गर्दै देश डुबाउने काम कसले गर्‍यो ?
-दरवारलाई सत्ता बुझाउने काम कसले गर्‍यो ?
-नेपालको सिमानबाट भारतिया सेना हटाएर नेपाली भुमी फिर्ता गराउन तपाईंले किन सक्नु भएन ?
-सम्माननिय प्रधानमन्त्रीले सिमानाका विषयमा भरतलाई खुला चुनौती दिंदा के सुनेर बस्नु भयो ?
-कुटनीतिक पहलका लागि सरकारले नोट पठाई सकेको खबर पाउँदा पाउँदै बुझ किन पचाउनु भयो ?

प्रकाशित मिति : ८ मंसिर २०७६, आईतवार १०:३९