११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

३ दिन बदली, वर्षा र हिमपातको सम्भावना

८ मंसिर, काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभर ३ दिन आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार ‘मौसम बुलेटिन’ जारी गर्दै पूर्वानुमान गरेको हो ।

प्रतिकात्मक तस्बिर ।

देशभर आइतबार आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही ठाउँमा हल्का वर्षा र हिमाली भेकका केही ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । हल्का वर्षा, हिमाली भेकका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले जारी गरेको ३ दिने पूर्वानुमान

आज (आइतबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भू–भागका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

राति : देशका मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ । पूर्वी र मध्य पहाडी भू-भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भू-भागका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

भोलि (सोमबार)
दिउँसो : देशका मध्य र पूर्वी भू-भागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ । पूर्वी र मध्य पहाडी भू-भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भूभागका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

पर्सि (मंगलबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने र अन्य भूभागमा आंशिक बदली रहनेछ ।

राति : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने सम्भावना छ ।

प्रकाशित मिति : November 24, 2019 at 9:18 am