ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
८ मंसिर, चितवन । ट्रकको ठक्करबाट चितवनमा आइतबार एक पैदलयात्रीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका २९, दासढुंगामा जुगेडीबाट हेटौंडातर्फ गइरहेको ना.६ख १८९६ नम्बरको ट्रकले पैदलयात्री एक पुरुषलाई बिहान पौने ६ बजे ठक्कर दिएको थियो ।

अन्दाजी ४५ वर्षीय ती पुरुष सख्त घाइते भएका थिए । उनको भरतपुर अस्पतालमा उपचारका क्रममा साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको परिचय खुल्न सकेको छैन । ट्रक र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : November 24, 2019 at 8:30 am









