५ लाख घुससहित मालपोत प्रमुख पक्राउ
६ मंसिर, सिरहा । मालपोत कार्यालय सिरहाका प्रमुख रामबाबु मण्डल पाँच लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट घुस लिदै गरेको अवस्थाबाट उनलाई शुक्रबार पक्राउ गरेको हो । उनलाई कार्यालय भित्रैबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : November 22, 2019 at 1:54 pm









