१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

पाल्पा जिल्ला समन्वय प्रमुखको निधन

६ मंसिर, काठमाडौं । पाल्पा जिल्ला समन्वय समिति प्रमुख दयाराज बस्यालको निधन भएको छ । उनको काठमाडौं महाराजगन्जस्थित त्रिवि अस्पतालमा उपचारका क्रममा ६६ वर्षको उमेरमा निधन भएको हो ।

बस्याल तत्कालीन एमालेको तर्फबाट स्थानीय चुनावमा बगनासकाली गाउँपालिका ६, यम्घाको सदस्यमा निर्वाचित भई पछि जिसस प्रमुख भएका थिए ।

पटक-पटक जेल जीवन बिताएका बस्याल ०४३ मा जनपक्षीय राष्ट्रिय पञ्चायतको सदस्य, ०४८ मा नेकपा एमालेको तर्फबाट क्षेत्र २ बाट संसद् उम्मेदवार भएका थिए । तर, उनी संसद्मा पराजित भएका थिए । उनी ०५४ मा नेकपा एमालेको पाल्पा जिल्ला सचिव भएका थिए ।

उनको अन्त्येष्टि पाल्पामै हुनेछ ।

प्रकाशित मिति : November 22, 2019 at 8:35 am