१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

नेपालको युरेनियम भण्डारमा रुसको चासो, नेपाल आउँदै राष्ट्रपति पुटिन

६ मंसिर, काठमाडौं । छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङपिङले नेपाल भ्रमण गरेको प्रसंग सेलाउन नपाउँदै अर्को शक्तिशाली मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमणका लागि आउने भएका छन् । पुस दोस्रो साता (डिसेम्बर अन्तिम साता) पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढेको छ ।

‘राष्ट्रपति पुटिनले तीनदिने नेपाल भ्रमणको कुरा भइरहेको छ, मिति तय भइसकेको छैन, उता (रुस) बाट डिसेम्बर अन्तिम साताका लागि प्रस्ताव आएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उच्च स्रोतलाई उद्धृत गर्दै नेपाल समाचारपत्रमा खबर छ ।

नेपालमा रहेको युरेनियम (रेडियोधर्मी) पदार्थ भण्डारणको उत्खनन र खरिद गर्न चासो लिँदै रुसले पुटिनको भ्रमणको तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उच्च अधिकारीको दाबी छ ।

प्रकाशित मिति : November 22, 2019 at 7:33 am