११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

बलामी गाउँका ४२ परिवारलाई हेल्फेले बाँड्यो ग्यास र चुल्हो

-भरतसन्तोषी

४ मंसिर, नुवाकोट ।  जर्मनी संस्था हेल्फे नेपालले नुवाकोट जिल्लाको ककनी गाउँ पालिका वडा नम्बर-७ चतुराले स्थित बलामी गाउँका ४२ परिवारलाइ १/१ थान ग्यास सिलिन्डर सहित चुल्हो वितरण गरेको छ । पर्यावरण जोगाउन हाम्रो वरपरका वातावरणमा रहेको बोटबिरुवालाई जोगाऔं भन्ने मुल नारालाई मुर्तरुप दिन संस्थाले ग्यास सिलिन्डर सहित चुल्हो वितरण गरेको संस्थाका प्रतिनिधि गोकर्ण गुणीले बताए।

उनले यस कार्यक्रमबाट यस क्षेत्रमा बोटबिरुवा कटानी तथा फडानीमा कमी आउनेमा केहि हदसम्म बिश्वस्त रहेको समेत गुणीले बताए ।
त्यस्तै संस्थाकै अगुवाइमा चतुरालेमा तीन दिने साबुन बनाउने तालिम समेत सम्पन्न भएको छ । तालीममा २० जना स्थानीय महिलाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : November 20, 2019 at 8:00 pm