१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

अन्तर्राष्ट्रिय बालअधिकार दिवसका अवसरमा शान्ति समाजद्धारा बालबालिकालाई सहयोग

४ मंसिर, काठमाडाैँ । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले अभिभावकविहीन, असहाय बालबालिकालाई आश्रय दिइरहेको संस्थालाई सहयोग गरेको छ ।

गोकर्णेश्वर नगरपालिकास्थित अभिभावकविहीन, असहाय बालबालिकालाई आश्रय प्रदान गरिरहेको संस्था ‘सुनौलो पाइला’लाई रु १५ हजार ६०० नगद सहयोग प्रदान गरेको सभापति उत्तम पुडासैनीले राससलाई जानकारी दिनुभयो । सहयोग हस्तान्तरणका अवसरमा समाजका सभापति पुडासैनीले जगत्मुखी, जीवनमुखी, सेवामुखी उद्देश्यले काम गरिरहेका संस्थालाई सहयोग गर्ने शान्ति समाजको उद्देश्य रहेको बताउनुभयो ।

प्रकाशित मिति : November 20, 2019 at 7:31 pm