७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

सुर्तीजन्य पदार्थमा कर छली गर्नेविरुद्ध मुद्दा

३ मंसिर, काठमाडाैँ । सुर्तीजन्य पदार्थमा कर छली गर्ने विभिन्न कम्पनीका सञ्चालकविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । दोलखा घर भई काठमाडौँ महानगरपालिका–३२ बस्ने ग्रिन टोवागो कम्पनी प्रालिका सञ्चालक प्रभुराम श्रेष्ठसमेतले रु १० करोड १५ लाख बिगो बराबरको राजस्व छली गरेको आरोपमा विभागले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको आज एक सूचना जारी गरी जनाएको छ ।

 

 

श्रेष्ठसहित सफिन एण्ड ब्रदर्स इन्टरप्राइजेजका सञ्चालक सरोज केसी, आरएस स्टोरका मुकेश अग्रवाल, अभिनव सूर्ती उद्योगका सुष्मा गोयन्का, गोल्डन टोवागो इण्डस्ट्रिजका सञ्चालक र सहयोग तथा सुर्ती उद्योगका दिनेश बसुकला तथा ओमसाई सुर्ती उद्योगका जानुका कार्कीले कानून बमोजिम अन्तःशुल्क स्टिकर नलगाई नक्कली कागजात बनाएर सुर्तीजन्य वस्तु निष्काशन गरी कर छली गरेको विभागले जनाएको छ ।

उनीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनले निषेध गरेको कार्य गरेकाले बिगोको दोब्बरसम्म जरिवाना गरी तीन वर्षसम्म कैद सजाय माग दाबीसहित मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : November 19, 2019 at 6:39 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/