३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

लुम्बिनीलाई संसारको आराध्य पर्यटन केन्द्रको रुपमा विकास गर्ने प्रधानमन्त्री ओलीको घाेषणा

१६ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनैपनि अनुचित काममा सम्झौता नगर्ने बताएका छन । पहिलोपटक प्रदेश ५ को प्रदेशसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले सिण्डिकेट, कार्टेलिङ तथा बन्द हडताललाई निस्तेज बनाउँदै लैजाने बनाए । उनले विगतमा विभिन्न कारण देश पछि परेको र अब देशलाई सम्बृद्ध बनाउन कोही पनि अल्झिन नहुने बताए ।

प्रधानमन्त्री ओलीले संसारलाई ज्ञानको प्रकाश बाँड्ने गौतम बुद्धको जन्मभूमिमा रहेको प्रदेश ५ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्न पाउँदा खुशि लागेको बताए । ओली लुम्विनी बुद्धभूमि ज्ञानको केन्द्र रहेको चर्चा गर्दै अब संसारको आराध्य पर्यटन केन्द्रका रुपमा विकास गरी देशको समृद्धिमा समेत सहयोगी बनाउने बताए ।

प्रधानमन्त्री ओलीले भैरहवासम्म सिधा एयर रुटका लागि आफुले भारतीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने बताए । भारतले जमिनसँगै आकाशमा पनि कञ्जुस्याइँ गरेको उनको भनाई थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७५, आईतवार १३:०१