१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

ठमेलको नाइटक्लबमा पूर्वराजा ज्ञानेन्द्र शह र हिमानीको डान्स (भिडियोसहित)

२ मंसिर, काठमाडौं । पहिले मुलुकमा राजतन्त्र थियो । अहिले गणतन्त्र । राजा तथा तिनका परिवार अहिले नागरिकसरह भएका छन् यसको मतलब पूर्वराजपरिवार अहिले पूर्ण आमनागरिक झैं जीवनयापन गरिरहेका छन् । उनीहरु पहिलेका तुलनामा खुला समाजमा रमाउन थालेका छन् । पूर्वयुवराज पारस शाहको त के कुरा गर्नु । विभिन्न बहानामा चर्चामा आइरहने पारस लागूऔषध, तरुनी र मदिराकै कारण बदनाम छन् ।

उता पूर्वराजा ज्ञानेन्द्र शाह भने विभिन्न अवसरमा जनतामाझ पुगेकै छन् । शनिबार पूर्वराजा ज्ञानेन्द्र पूर्वयुवराज्ञी हिमानीसहित राजपरिवारका अन्य सदस्यहरु काठमाडौंको ठमेलमा रहेको एउटा नाइट क्लबमा पुगेर भरपूर इन्जोय गरेको तस्बिर र भिडियो अहिले भाइरल बनेको छ । ज्ञानेन्द्र, हिमानी ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेका सर्वसाधारणबीच ठुम्का लगाएका छन् ।

अझ त्यसमाथि ‘रातो र चन्द्र सूर्य…’ गीतसँगै नाचेर पूर्वराजा ज्ञानेन्द्रले उपस्थित सबैलाई सप्राइज दिए । त्यहाँ नायिका केकी अधिकारी र रिमा विश्वकर्माहरु पनि पुगेका थिए । प्राय: युवा जमातको भेला हुने एलओडीमा पूर्वराजपरिवारका सदस्यको एकाएक आगमन देखेर त्यहाँ आएकाहरु आश्चर्यचकित भएका थिए ।

सबै तस्बिर सौजन्य : लर्ड अफ द ड्रिङ्क्स (एलओडी) ।

नाइट क्लबमा ज्ञानेन्द्र निकै मुडमा देखिन्थे । नाइट क्लबका तस्बिर र भिडियो पनि एलओडीले सार्वजनिक गरेको छ । हेरौं नाइट क्लबमा ज्ञानेन्द्रको मस्ती मुड ।

प्रकाशित मिति : November 18, 2019 at 7:10 am